मंगलवार, 4 जनवरी 2022

यातरा जिव़न को

टेम्पो बाट ओर्लिए र हात खुट्टा तान्न थाले येस क्रममा त्यो मान्छे ले मलाई बोलाउँदै थियो र हात को इसारा गर्दै थियो कि छीटो औ छिटो । म भने येता उती हेर्दै थिए र हिडदै थिएँ बाटो मा मान्छे को भिड भाड कोलाहल थियो म भने पुरा आनंद लिदै हिडदै गरेको थिए किनकि मैले काम पाई सकेको थियँ र तो पनि अझैं नेपाली को साथ मा थिए त अब भने मन मा डर थिएन म मस्त आफ्नै धुन मा थिए र त्यो मान्छे को पछि पछि हिड्दै थे उस ले भने कहिले कुन बाटो लै जान्छ कहिले कुन बाटो लै जान्छ कहिले येता कहिले  उता गर्दा गर्दै हामी त्यो मान्छे को गाडा पुगिम । म त्यो गाडा हेरि दङ्ग थिएँ किनकि मैले सोचेँ को थिएँ की एक दम दामि दुकान होला तर तेस बेला को नजारा भने छुट्टै थियो । म दङ्ग थिएँ  तर काम त मलाइ कुनै पनि हालतमा गर्नु नै पर्ने थियो चाहें गाडा होस् वा भाडी होस् काम त गर्नु नै पर्ने थियो । त्यो मान्छे ले गाडा मा त्रिपाल ले ढाकेको थियो र उस ले त्रिपाल खोल्दै थियो र म संग कुरा गर्दै थियो कि भाई येही हो मेरो गाडा र दुकान अब येस मै काम गर्ने हो भाई तिम्ल
 । म छक्क थिएँ की साला येति सानो त यो छ त मान्छे आये भने काँह बस छन र कसरी खाना खान छैन साला म येही सोच्दै परेँ सान थिएँ । त्यो मान्छे लाई चिन्ने धोती ले उस लाई सोध्न थाल्यो । ओर बाहादुर भाई नयाँ बान्दे लाये क्या । किधर से लाये गाँव बाॅव से लाये या इधर उधर से लाये बाताव यार । त्यो मान्छे त्यो धोती संन्ग गफ गर्न लाग्यौ म भने अझै येही सोच मा थिए की साला मैले काम के गर्ने हो त्यो मान्छे को गफ सकीये छ र उ म सँग बोल्न थाल्यो की भाई उ तहाँ पानी को नल्का छ पानी लिएर आउ भन्दै गाडा को साईड मा राखेको एउटा डिबा हात दियो डिबा भने दस लिटर को थियो होला पक्कै पनि । अनि तेस बेला झलझली घर को याद आयो कि म घर मा भाको भा म सक्दिन भन्ने थिए होला तर ऐहँ कसरी भन्ने कि सक्दैन भनेर । हात मा डिबा लिएर म नल्का तिर पनि भर्ना लागे पानी को नल्का धेरै टाढा त थिएन तर पनि म त्यो डिबा मा पानी भरेर लिएर आउन सक्दैन थिए । नल्का मा गयेर डिबा नल्का को तल राखी पानी भर्न थाले ।

मंगलवार, 14 सितंबर 2021

यातरा जिव़न को

म उठे अनी बाहिर तिर निस्किएँ र चप्पल मा खुट्टा छिराउदै सोधेँ कांहा जाने अब ।
उस ले भन्यो भाई गाडा तिर जाने तिम्लई ठाउँ देखाउँछ 
र के काम गर्ने हो त्यो पनी सिकाउने छु भन्दै उ तल तिर उत्रिदै गर्यो र म पनी ऊस को पछि पछि उत्रिय 
फेरी तेही सानो र साङग्रो गली हुदै बाहिर पुगिम बाहिर निस्किएँ र केही छन उभिएर म चारै तिर हेर्दै थिए ठुला ठुला घर ठुला ठुला दुकान र घुइँचो लागेर मान्छे हर्रू को आउत जाउत र ठेला गाडी मा सामान राखेर बेच्ने हर्रू को त्यो चिच्या कोल वातावरण त रमाइलो थियो तर मन सान्त भय पो हर एक पल रमाइलो लाग्थ्यो र यो मन मा असान्ती र भय ले सताइरहेको थियो त के रमाइलो पल भन्ने तेस लाई, 
फेरि येकासी झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै थियो उ म भन्दा केहि अगाडी टेम्पो निर उभिऐ को थियो ,
म पनी उ तिरै लम्कीऐ अनी नजिकै पुगे पछि टेम्पो को सिट मा बसे , टेम्पो आफ्नो गन्तब्य तिर घुई कीन थाल्यो,  मेरो मन मा भने बिरबल को खिचडी झै बिचार पाक दै थे , म भन्नै सक्दैन की तेस बेला मेरो हात के थियो ,
 मेरो वरी परी सिट मा बसे का मान्छे हर्रू ले मलाई येस्तरी हेर्दै थिए की म कुनै विचित्र प्राणी थिए या,                              ( कुनै नयाँ गोला बाट आये को ) एक नयाँ जिव ,
तर म भने दुबिधा मा थे की ईन ले आखिर मलाई येस्तरी किन हेर्दै छन , मेरो बारे मा के सोच दै छन  येस्तै बिचार ले म असहज मा थिए र सहमि सहमि सिट मा बसे को थे ,
टेम्पो केही बेर घुई किने र रोकिने गर्थो,  मान्छे हर्रू ओर्लिने र चड्ने गर्थे, धेरै बेर येही चली रह्यो र यही चल्दा चल्दै मेरो पनी ओर्लिने समय आयो, त्यो मान्छे को ईसारा मा म नि ओर्लिए ।।

गुरुवार, 22 जुलाई 2021

यातरा जिव़न को

यसरी नै समय को चक्र घुम्दै थियो तर मन भने मेरो अन्तै को ख्याल मा थियो, 
र त्यो मान्छे को प्रस्न भने बड्दै थियो, मेरो चाय पनि सिद्धियो तर उस को प्रस्न भने सिध्दी यन मेरो उत्तर पनि आडा तिर्छा नै थिए, यसो तेसो गरी उस को प्रस्न आउन कम भो , उ उठे र बाहिर निस्कियो , तर मन भने मेरो अन्तै को ख्याल ले परेशन थियो ।
अब आगाडी के हुने हो कस्तो हुने हो चाइनिज भाने को के हो थाहा छैन,  जिव़न मा पहिलो पटक त सुनेको थिएँ चाइनिज सब्द । काम कसरी गर्ने हो या म गर्न सक्मला या न सक्ला , यस्तै यस्तै कुराहरू को ख्याल मा थियो । र डर पनी लाग्दै थियो । कि कतै म काम गर्न सकेन भने के होला र तेस पछि के गर्ने । किन की मलाई कुनै काम पनि आउदै न र यो बिरानो शहरमा म कसई लाई चिन्दैन र मलाइ कोसई ले चिन्दैन । त म को संन्ग मदत माग्ने म येस तै कुरा को लेखा जोखा र चिन्ता को गहिराई मा डुबे को थिए । 
एकास्सी एक आवाज ले म झस्किएँ र धोका तिर हेरे त्यो मान्छे ले मलाई बोलाउँदै थियो ।

 

शनिवार, 17 अप्रैल 2021

यातरा जिव़न को

केहि अगाडि पुगे पछि  टेम्पो रोकियो त त्यो मान्छे ले मलाई उत्रिन को इसारा गर्यो ।
म उत्रिय उ पनि उत्रियो अनी हामी हिँड्न थाले लिम केहि बेर हिंडे पछि हामी एक सानो र साङग्रो गली मा पुगिम र हिडदै थिम केहि छैन हिडदै गये पछि हामी एक सानो घर को दैलो मा थे र उ मान्छे को पछाडि थे उ अगाडि बढिरहेको थियो र म उस को पछाडि पछाडि हिँड्न थाले अनी दुई चार भर्याङ चडेर एक कोठा को धोका मा थे उस ले धोका खोल्यो अनी म भित्र पसे  उस ले मलाई भन्यो भाई हामी साझ दोकान मा जाम्ला तिमी पल्टेउ मा थेही चटाई बिछाये र म त्येही पल्टिये  एक दिन पछि भुडी फुट्टने सम्म खाना खाये को थिए त पल्टिये को त कति बेला मेरो आँखा लागे छ थाहा पाउन सकिनँ ।
साँझ को साडे चार बाजे त्यो मान्छे ले मलाई उठायो म उठे उस ले भन्यो भाई बाहिर नल्का छ मुख धोयेर आउ म बाहिर निस्किएँ र नल्का निर थे नल्का खोले र मुख धुन थाले ।
मुख सुख धोये पछि मुख पोछदै भित्र पसे अनी फेरी तेही चटाई मा गयेर बसे उस ले मलाई चाय दियो म चाय पिउदै थे । र उ संग कुरागर्दै थे उसले म संन्ग प्रशन हर्रू सोध्दै थियो । र म उतर दिदै थे ।

मंगलवार, 6 अप्रैल 2021

यातरा जिव़न को

खाना मा एक दाल र तन्दुरी रोटि र सलाद र सलाद भन्म भने एक पिस मुला को चानो तिन चार पिस कांक्रो दुईवटा गाजरको पिस र दुई तिन लरा प्याज त्यो पनी मलाई लाग्यो सायेद झुकेर थाल मा परे छ होला । 
मैले राम्रो संग खान न खा को पनी एक दिन भै सकेको थियो र भोक पनि दरो लागे को थियो फेरी के थियो र मैले आउ न ताऊ बस दमा दम खान चालु दाल फ्राये र तेस माथी तन्दुरी रोटि भसा भस किल दै थिए तेस बेला भोक पनि दरो लागे को थियो खाॅदा खादै त मैले एक लै ले आठ रोटि दन्काये अनी लामो डकार लिएर पानी पिउन थाले त त्यो मान्छे ले सोध्यो भाई अर्रु खान छौ की भयो भनी मैले पनि नाइ मा मुन्टो हल्लाऐ अनी केहि छन को लागी हामी त्यही बसी म उस ले चुरोट सलकायो र लामो लामो कस लिदै थियो । मेरो मन मा भने बिभिन्न कुरा को बिचार खेल्दै थिए । एक मन ले त त्यो भगवान लाई धन्यबाद ज्ञापन गर्दै थिए की उस ले मेरो पुकार सुन्ने छ भनी । काम खोज्दै थिए काम पनी भेटाये भोको पेट पनि भरी सकेको थियो र मलाइ यो भन्दा बढी अरु केनै चाहिये को थियो र । तेस बेला मेरो मन खुशी ले गद गद पनि भा थ्यो । अनि त्यो मान्छे ले मेरो खाना को पैसा दिँदै थियो र म उस को पछाडि उभिएर येता उती हेर्दै थिए । अचानक व भाई को आवाज ले म झस्किएँ त्यो मान्छे ले मलाई बोलाउँदै रैछ । उसले भन्यो जाम भाई म उस को पछाडि पछाडि हिँड्न थाले । उ अघि अघि म पछि पछि हामीले आनंद विहार बस अड्डा को अगाडि एक सडक पार गरी आर्को पट्टी पुगिम र एक तर्फ भयेर उभिम्म । र त्यो मान्छे ले एक टेम्पो रोकेर केहि कुरा गर्यो अनी मलाई बोलायो र म नजिक पुगे त उस ले बस भाई  भन्यो म टेम्पो भित्र पसी बसे उ पनी मेरो नजिक नै बस्यो अनी टेम्पो आफ्नो गन्तब्य तिर लाग्यो ।

गुरुवार, 28 जनवरी 2021

यातारा जिव़न को

न ओढ्ने थियो न ओछ्यान थियो बस हात को सिरानी हाली त्यहीँ नाङ्गो भुईमा म लम्पसार परेर पल्टिये । बिहान देखि बेलुका सम्म घुम्दा घुम्दा थाके को थिए र निन्द्रा ले पनि भेटी सकेको थियो र भोलि बिषय मा सोच दा सोच दै कति बेला सुते छु थाहै भएन ।एकास्सी बिहान उठे अनी फेरी तेही मेरो दिन चार्रे कामको खोजीमा हिंडे बस अड्डा तिर । त्यहाँ पुगेर एक चाय पिय यनी फेरी पागल झैँ चारै तिर डुल्न थाले । न नुहाये को पनी धेरै दिन भाई सकेको थियो र कपाल पनि लामो लामो थियो तेसैई माथी कपडा पनि मैईले को थियो म पक्का पागल झैँ भई सकेको थिऐ। डूल्डा डुले अनी एक कुना मा हतास भयेरा बस्दै थे त एक अन्जान आवाज ले मलाई बोलाउँदै थियो ये भाई येही भाई भन्दै र त्यो मान्छे म तिर आउदै थियो । एक छन् त म गहिरो सोचमा थिए को रैछ यो भनी फेरी याद आयो की म एक अन्जान सहर मा छु र यो कोई पनि हुन सक्छ  त्यो मान्छे मेरो नजिक आयेरा म संन्ग बोल्न थाल्यो भाई तिम्रो घर काँह पार्यो भनी सोध्यो त्यो पनि नेपाली मा मलाई रमाइलो लाग्यो की चल यार कोई नेपाली त मिल्यो भनी । अनी मैले आफ्नो परिचय दिएँ । दाजु मेरो घर याहाँ हो र मेरो नाम महेश  हो र म येस तो ठाउँ मा काम गर्दै थे र अहिले येस्तो छु अनी उस भन्यो काम गार्छाऊ त मैले पनि हूम मा मुन्टो हल्लाए अनी सोधे काम के हो । ऊस ले काम भन्यो भाई काम हो चाइनिज को जिव़न यो सब्द पहिलो पटक सुनेको थिएँ चाइनिज र साला म परेशन थिए की यो कुन काम हो र कस्तो काम हो तेही पनि काम चाहिये को थियो । र तेस बेला यो उखान एक दम फिट पनि बसी रा थियो । के खोज्दै छै कानो आँखो भने झैँ । र उस ले सोध्यो भाई खाना खान छौ र मैले पनि हूम मा मुन्टो हल्लाय । उस एक पसलमा लिएर गयो अनी अडर दियो कहीं छन पछि खान लिएर एक जना आयो ।

गुरुवार, 11 जून 2020

यातारा जिव़न को

चिया को चुस्की लिँदै मन मा हजारौं कुरा सोच्दै टोलाउन थाले। खल्तीमा पैसा नाम मत्र छ काम कता खोज्ने हो र कसरी काम माग्ने यो सबै मेरो लागि एउटा ठूलो पाहाडा जस्तो लागिरहेको थियो । झमक्क साँझ परिसकेको थियो चारै तिर गाडी मोटर को शोर गुल रा झल्मल्ल बिजूलीको बत्ती बलेको हेर्दा ता रमाइलो लाग्यो तर मन भने कता कता आफनै हाल हेरी रुन मन लाग्यो । तेती बेला गाऊँ को ति दिन हरु लाई समझी रुदैन भन्दा भन्दै पनी आशु आँखा आई हाल्यो । आँखा को आशु आँखा मै राखि मैले साध्ये । साउजी लाई पैसा दि मा आगाडी बढे । पगल झै बस अड्डा भित्र चारै तिर घुम्न थाले कहिले काहीँ बेन्चमा बस्ने कहिले उभिने कही हिड्न गर्न थाले । बिहान भाग्न भन्दा पहिले खाये को खाना पनि पची सकेको थियो । भोक पनी लागी  रहे को थियो । यतिकै घुम्दै घुम्दै कती छिटो समय बित्यो थाहा भयेन राती को दस बजे सके को रहे छ म डुल्दै डुल्दै सड्क को पल्नो पटी आई पुगे रहे छु सड्क मा म पागल झै हिड्दै थिये हिड्दै अलि अगाडि एक पुल देखेँ अनी म उतै पुल तिर नै हिड्न थाले पुल मा पुगेर एक लामो साँस लिये अनी एक साइडमा उभिये रा दिल्ली को रमिता हेर्न थाले । भोक पनी लागी रहे को थियो तर खल्तीमा पैसाको  मुख हेरेर मन लाई सम्झाउँदै  थिये  की एक दिन न खाँदै मा मर्दन। भोलि कहीँना कहीँ काम पाउँला नी न पाये एक टायम को खाम्ल  नी आज भोकै बस्म । मन लाई दरो पारी पुल बाट चारै तिर हेर्दै बसे । गाडीमोटर पनी कती चलेको हो यो ठाँऊ मा पनी मा अचम मा थिए चारै तिर गाडी को हर्न  मात्र सुनिने टी टी टि टु टू टू पो पो पो । मेरो लागि दिल्ली नाऊलो थियो । समय बित्दै गयो म तेही पुल मै थिए  र मन मा सोच्दै थे अब सुत ने कहा । आँखा निद पनी लागी रहे को थियो । अनि बिचार आयो किन यो पुल को तल सुते हुदै ना र । यो बिचार आउने बित्तिकै म जुरुक्क उठेँ चाक को धुलो झारे अनी पुल को तल झर्ने बाटो खोज्न थालें । बाटो पनी भेटियो म बिस्तारै बिस्तारै तल व़र्लिन थाले तल पुगे पछि चारै तिर हेर्दै म अघि बढदै गएं अनी एउटा खाली कुना कुनामा गयेरा पुल को भित्ता मा अडेस लागेर बसे । आँखा निद तेस माथी भोको पेट । अनि सोच्न थाले अब कसरी भोलि काम खोज्ने भनी ।